देश

अवैध बालगृह सञ्चालकलाई हतकडी

रुकुम । अवैध रुपमा बालगृहमा राखिएका ३३ बालबालिकाको उद्धार गरिएको छ ।

मुसीकोट नगरपालिका १ बागबजारमा सञ्चालित नरसिंह हिमालय अनाथ बालगृहबाट शनिबार जुम्लाका २४ र रुुकुम पूर्वका ९ जना बालबालिकाको उद्धार गरिएको हो ।

बालगृह सञ्चालक विवेक बुढा पनि पक्राउ परेका छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

शनिबार जिल्ला बाल कल्याण समिति, मुसीकोट नगरपालिका र जिल्ला प्रहरी कार्यालयले मापदण्ड नपुर्याएर सञ्चालन गरिएको बालगृहका बालबालिकाको उद्धार गरि घर फर्काएका हुन् ।