काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा संसदको सभामुख बनाउन प्रस्ताव गरेको छ ।
नेकपाका नेताहरुले ठाकुरलाई सभामुख हुन प्रस्ताव गरेको आजको कारोबार दैनिकमा समाचार छापिएको छ ।
हाल प्रतिनिधिसभा संसदमा कृष्णबहादुर महरा सभामुख र शिवमाया तुम्बाहाम्फे उपसभामुख छन् । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख अलग-अलग पार्टीबाट हुनुपर्ने प्रावधान छ ।