विचित्र संसार

हैट ! कस्तो अनौठो चलनः बेहुला विना नै बिहे

काठमाडौं । बिहे भन्ने बित्तिकै बेहोला र बेहुलीको मिलन भन्ने बुझिन्छ । अरु भाँडमा जाउन्, तर बिहेमा बेहुलो र बेहुलीको उपस्थिति चाहीँ अनिवार्य हुन्छ । बेहुलो बेहुली बिनाको बिहेको कल्पना पनि गर्न सकिन्न । तर भारतमा भने एउटा यस्तो ठाउँ छ जहाँ बेहुलो विना नै बिहे हुन्छ ।

गुजराँतको उदयपुर जिल्लामा बेहुलो बिनाको अनौठो बिहे हुन्छ । बिहेमा दुलही त हुन्छिन् तर दुलाहाको उपस्थिति हुँदैन । उदयपुर जिल्लाका सुरखेडा, अबाा तथा सनाडा गाउँमा बस्ने राठवा समुदायका मानिसहरुमा यस्तो प्रचलन सदियौँ देखि चलिआएको छ ।

बिवाहमा दुलाहाले गर्नुपर्ने सबै काम उसकी कुमारी बहिनीले गर्दछिन् । बेहुला जन्तीसँग दुलहीको घरमा जाँदैनन्, दुलही र जन्ती कुरेर आफ्नै घरमा बसिरहन्छन् ।

सामान्य रुपमा विवाहको जग्गेमा बेहुलाले गर्नुपर्ने सबै काम बेहुलाको बहिनीले गर्नुपर्छ । बेहुलाकै रुपमा बेहुलाकी बहिनी घोडा चढेर आफ्नो हुनेवाला भाउजुको माइतीमा जन्ती सहित पुग्दछिन् । बरमाला लगाउने तथा स्वयंवरको औँठी लगाउने सबै काम ती वधु र उनकी हुनेवाला नन्दबीचमै हुन्छ । बिहे पछि नन्द भाउजुले नै अग्नीको सात फेरो लगाउँदछन् । बेहुलाकी बैनीले नै बिहेको सबै कर्म पूरा गरेर भाउजुलाई माइतीबाट विदा गराएर कर्मघर ल्याउँदछिन्, जहाँ बेहुलो कुरिरहेको हुन्छ अनि भाउजुलाई ल्याएर दाइसामु सुम्पिन्छिन् ।

बेहुलोको घर बेहुली ल्याइसकेपछि पुनः दोश्रो पटक भव्य विवाह आयोजना गरिन्छ । र यो पटक भने नन्द होइन बेहुला र बेहुलीले बिहेका सबै कर्म पूरा गर्दछन् ।

यो परम्परा ती गाउँहरुमा ३ सय वर्षदेखि चलिरहेको छ । धार्मिक मान्यता अनुसार उक्त गाउँका देवता नै अविवाहित छन् । यसरी देवता नै अविवाहित भएको अवस्थामा गाउँका केटाहरुले कसरी बिहे गर्ने रु तर आखिर बिहे त गर्नैपर्यो, जसरी भएपनि । त्यसैले आफ्नै बिहेमा पनि जन्ती जाँदैनन् उनीहरु । एजेन्सीको सहयोगमा