आर्थिक

एभरेष्ट बैंकको नयाँ शाखा अब नुवाकोटको दुप्चेश्वर र बट्टारमा पनि

काठमाडौं । एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले नुवाकोटको दुप्चेश्वर र बट्टार मा आफ्नो शाखाको उद्घाटन गरेको छ ।

बट्टार शाखाको समुद्घाटन बिदुर नगर पालिकाका मेयर सन्जु पन्डित र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा बिदुर नगर पालिकाका उपमेयर श्रीमती गिता कुमारी दाहाल, नेपाल प्रहरीका, प्रहरी नायब उपरीक्षक नर हरि रेग्मी, नेपाली सेनाका मेजर प्रेम नारायण श्रेष्ठ तथा अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

यसैगरि, दुप्चेश्वर शाखाको उुद्घाटन दुप्चेश्वर गाउँँ पालिकाका अध्यक्ष योबिन्द्र सिं तामाङ्ग र बंैकका प्रमुख कार्यकारी अधिकृत श्री सोमेश्वर सेठले संयुक्त रुपमा गर्नु भएको थियो ।

यस बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या साढे नौ लाख भन्दा बढि रहेको छ । जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । हालै भएको क्यामल्स रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।