पर्यटन/संस्कृति

तीन दिने महोत्सव शुरु

मस्र्याङ्दी । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मस्र्याङदी गाउँपालिका–३ स्थित पर्यटकीय गाउँ सिउरुङमा तीन दिने महोत्सव शुरु भएको छ ।

विगतका वर्षझैँ यसपटक पनि शुक्रबारवाट ११ औँ सिउरुङ महोत्सव शुरु भएको हो ।

ग्रामीण होमस्टे प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण र संबद्र्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूलआयोजक समितिले जनाएको छ ।

महोत्सव उद्घाटन गर्दै प्रदेशसभा सदस्य धनन्जय दवाडीले मुलुकको विकास र समृद्धिका लागि ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने गरी सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

नेता जमिन्द्रमान घलेले पर्यटन व्यवसायमा पछिल्लो समय होमस्टेको निकै चर्चा भएको उल्लेख गर्दै अब सुधारिएको होमस्टे सञ्चालन हुनुपर्नेमा जोड दिए ।

मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा लगायतले जिल्लामा पर्यटन व्यवसाय अन्तर्गत होमस्टेको सम्भावना उच्च रहेको बताउँदै विशेष योजना बनाएर यसलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्ने धारणा व्यक्त गरे ।

समुद्र सतहदेखि करीब एक हजार ८५४ मिटरको उचाइमा रहेको पर्यटकीय गाउँ सिउरुङमा गुरुङ जातिको बाहुल्यता छ ।

विभिन्न हिमशृंखलाको दृश्यावलोकन, प्राकृतिक सुन्दरता, संस्कृति, स्थानीय बासिन्दाको हार्दिकता, आत्मियता र पाहुना सत्कार सिउरुङ गाउँको विशेषता हो ।

पर्यटन प्रवद्र्धनका लागि विगत एकदशक अघिदेखि शुरु भएको घरवास कार्यक्रमअन्तर्गत अहिले सो गाउँमा १७ घरमा सुधाररिएको घरवास सञ्चालन छ । गाउँमा हाल वार्षिक हजारौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।

“दैनिक स्वदेशी तथा विदेशी पर्यटक सिउरुङ हेर्नका लागि आउँछन्, पछिल्ला वर्षमा शहर झरेका पनि पर्यटन व्यवसाय सञ्चालनका लागि गाउँ फर्केका छन्” महोत्सव मूल आयोजक समितिका संयोजक नन्द घलेले भने, “गाउँमा थप पर्यटक आउन सकोस् भनेर महोत्सवका आयोजना गरेका हौँ ।”

महोत्सवमा स्थानीय कला संस्कृति झल्कने झाँकी, स्थानीय हस्तकलाका सामग्रीको प्रदर्शनका साथै खाना महोत्सव, कृषि, जडीबुटी, चोयाबाट निर्मित भकारी, डोको, स्याखू, चर्खा, झोला, पछ््यौरालगायत ऊन र धागोबाट निर्मित सामग्रीको प्रदर्शन गरिने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।