पत्रजय, मलेसिया । मलेसियाका पुर्वप्रधानमन्त्री नाजिव रजाकसँग घन्टौ लामो अनुसन्धानात्मक प्रश्नोत्तर गरेपछि घर फर्कन अनुमति दिइएको छ ।
मलेसियाली भ्रष्टाचार विरोधी आयोग ९एमएसीसी०को मुख्यालयमा उनीसँग झण्डै छ घण्टा प्रश्नोत्तर गरिएको अधिकारीहरूले बताएका छन् ।
राज्य विकास कोषको दुरुपयोग भएको भनिएको विषयमा प्रश्नोत्तर सकिएपछि आयोगले उनलाई बिहीबार घर फर्कन पाउने व्यवस्था गरेको हो ।
पुर्वप्रधानमन्त्री नाजिब आयोगको कार्यालयमा स्थानीय समय अनुसार विहान ९.४५ बजे पुगेका थिए भने ४.४५ मा बाहिरिएका थिए ।
आयोगको कार्यालयमा प्रवेश गर्नु अगाडि उहाँ कालो कोट लगाएको, मन्द मुस्कान र सहज महशुष गरेको मुद्रामा देखिनु भएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
नाजिबसँग पहिलो चरणको सोधपुछ मंगलबार गरिएको थियो ।