समाचार

३३ किलो सुन काण्डमा करेन्ट लगाउन ब्याट्री र तार दिएको आरोपमा एक ब्यक्ती पक्राउ

काठमाण्डौ । ३८ कुईटल सुन तस्करीको नाईकेको आरोप लागेका चुडामणी उप्रेती गोरेलाई ब्याट्री र तार उपलब्ध गराएको आरोपमा मोरङका एक ब्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङका रेवन्त कुमार आचार्यलाई सनम शाक्यलाई करेन्ट लगाउन ब्यट्री र तार उपलब्ध गराएको आरोप लगाएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । आचार्य प्रहरीको फरार ३१ जनाको सूचीमा नभएपनि गोरेको बयानका आधारमा पक्राउ गरिएको प्रहरी दाबी छ ।
सनम शाक्य, मोहन काफ्ले र नरेन्द्र कार्कीलाई सुन काण्डमा बिभिन्न आरोप सहित मोरङको एक स्थानमा करेन्ट लगाएको आरोप प्रहरीले लगाएको छ । बिहीबारमात्र प्रहरीले पक्रांउ गरि प्रहरी हिराशतमा राखिएका गोरको सुन काण्डमा संलग्नको आरोपमा एक ब्यक्ती थपिएका छन् ।
पूर्ब डीआईजी गोबिन्द निरौला, एसएसपी दिबश लोहनी लगायतका प्रहीका उच्च अधिकृतहरु प्रकउ परेपनि उक्त सुन काण्डमा अझै माथिल्लो स्तरका ब्यक्ती समेत संलग्नता भएको अनुमान लगाईएको छ ।