साहित्य

मेदान्तको ‘हाई केयर युनिट’बाट राष्ट्रकविले यसो भने….

काठमाडौं । केही हप्तादेखि अस्वस्थ रहेका राष्ट्रकवि माधव घिमिरेले आफू निको हुनेमा शंका नरहेको बताएका छन् । स्वदेशमा उपचार हुन नसकेपछि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराईरहेका घिमिरेले आफू चाडैँ निको भएर नेपाल भएर नेपाल फर्किने बताएका छन् ।

राष्ट्रकविका छोरा इन्दिबरका अनुसार राष्ट्रकवि घिमिरेले निर्को हुनेमा ढुक्क रहेको र आफू निको भएर नेपाल फर्किने प्रतिक्रिया दिएका छन् ।

घिमिरेलाई हाई केयर युनिटमा राखेर उपचार भईरहेको छ । ९९ बर्षिय घिमिरेको आन्तरिक रक्तश्राव नरोकिएपछि ग्रान्डी अस्पतालका चिकित्सकले विदेश लैजान सुझाव दिएका थिए । उनलाई बुधबार साझँ त्यसतर्फ लगिएको थियो । घिमिरेको उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्रीले बताएका छन् ।

घिमिरेले दुई दर्जन बढी कृृति प्रकाशनमा ल्याईसकेका छन् भने चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का साथै ‘फूलको थुगाँ बगेर गयो’ र ‘आजै र राति के देखे सपना’ जस्ता कालजयी गीत लेखिसकेका छन् । राष्ट्रकवि घिमिरे असोज ७ गते एक सय बर्षमा प्रवेश गर्दैछन् ।