समाचार

डाक्टर बनाउने भनेर मुटु स्पेसलिस्ट मात्र उत्पादन भयो भने कान दुखेका बेला के गर्नुहुन्छ ?

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शिक्ष धर्ती अनुसार र मान्छे अनुसार हुनुपर्ने बताएका छन् । एक अनलाईन सँगको कुराकानीमा प्रधानमन्त्री ओलीले देशमा सबै प्रकारका जनशक्तिको आवश्यकता पर्ने बताउदैँ मान्छे सक्षम र योग्य बनाउने शिक्षा दिईनुपर्नेमा प्रतिक्रिया दिएका हुन् ।

कुन कुन क्षेत्रमा कति जनशक्ति कस्तो उत्पादन गर्ने टुंगो लगाउनुपर्ने बताउदैँ ओलीले भने, देश प्रकृति र जनसंख्यालाई ध्यानमा राखेर यसको समुचित व्यवस्थापन, विकास, समृद्धि, सुरक्षा र प्रगतिमा शिक्षालाई कसरी जोड्ने भन्नेतिर हाम्रो ध्यान जानुपर्छ । देशलाई सबै प्रकारका जनशक्तिको आवश्यकता रहेको औल्याउदैँ रमाईलो शैलीमा उनले अघि भने, डाक्टर बनाउने भनेर मुटु स्पेसलिस्ट मात्र उत्पादन भयो भने कान दुखेका बेला के गर्नुहुन्छ ? दाँत र हडडीको पनि उपचार गर्नुपर्ला । बाटो पनि बनाउनुपर्ला । शिक्षक पनि चाहिएला, पाइलट पनि आवश्यक पर्ला । अर्थात् धर्तीको इकोसिस्टम सन्तुलित गर्ने शिक्षा चाहियो । शिक्षा जसले लिन्छ, उसका लागि जीवन सहज बन्ने खालको हुनुपर्‍यो । शिक्षाले ज्ञान र उसको आन्तरिक गुणलाई स्तरीय बनाउन सक्नुपर्‍यो । शिक्षा पाए पनि कमसेकम कमाएर खान सक्ने हुनुपर्‍यो ।

साथै ओलीले नेपालको प्राविधिक शिक्षामा ठूलो कमजोरी रहेको समेत औल्याएका छन् । उनले २००८ सालदेखि आधुनिक विद्यालय र कलेज खुलेपनि खास व्यक्ती, घरानियाका लागि खुलेका बताएका छन् ।

पछि बिस्तारै निःशुल्क र आधारभूत प्राथमिक शिक्षा अगाडी बढाईए पनि शिक्षाको गुणस्तरमा भने बृद्धि नभएको उनको भनाई छ । नयाँ शिक्षाको कुरा गरिपनि शैक्षिक गुणस्तर उकास्ने सवालको कसैको ध्यान नगएको ओलीले बताए । मेडिकल र ईन्जिनियङि जस्ता प्राविधिक बिषयको पठनपाठनसँगै आधुनिक शिक्षाको सुरुवात भएको उनले बताए ।

आफू नेतृत्वको सरकारले नेपाललाई गुणस्तरीय शिक्षाको हब बनाउने गरी काम गरेको प्रधानमन्त्रीको भनाई ।