देश

कलंकी-महाराजगन्ज सडक पनि चीनले विस्तार गर्दै

काठमाडौं । चीन सरकारले चक्रपथको कलंकी-महाराजगन्ज ८ लेन विस्तार गरिदिने भएको छ ।

अब उक्त सडक ६२ मिटर चौडाइ हुनेछ । आजको कान्तिपुरको पृष्ठ १८ मा यो समाचार छापिएको छ ।

कलंकी-सातदोबाटो(कोटेश्वर खण्ड (१० किमि) विस्तार गर्दै आएको चीनले पुनः कलंकी महाराजगन्ज विस्तार गर्ने भएको छ ।

चीन सरकारको अनुदान सहयोगमा चक्रपथको निर्माण सुधार विस्तार कार्य हुने काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

सडकको केन्द्रबिन्दुबाट दायाँ बायाँ ३१र३१ मिटरभित्र रहेका स्थायी वा अस्थायी संरचना तत्काल हटाउन अनुरोधसमेत गरेको छ ।