समाचार

३३ के.जी. सुन प्रकरण सेलाउन नपाउदै लाजिम्पाटबाट आयो यस्तो खबर

काठमाडौं । नेपालमा पछिल्लो समय विभिन्न बहुमुल्य धातुको अवैध कारोवारका घटना बढेर गएका छन । कहिले सुन तस्करी त कहिले हिरा । बहुमुल्य बस्तुको अबैध कारोवारका घटनाले ठुलै हलचल मच्चाएको छ ।

३३ के.जी. सुन प्रकरणको घटना सेलाउन नपाउदै हिराको कारोवारमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत दरबारमार्गका अनुसार लैनचौरका रमेश रजकले कालो हिरा ३ करोड रुपैयामा बिक्री गर्न बार्गेनिङ गर्ने क्रममा उनी सहित ८ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत दरबारमार्गका डीएसपी दानबहादुर मल्लको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका अन्यको नाम भने गोप्य राखिएको छ । यती ठुलो मुल्यको हिराको कारोवारीलाई सुराकीको आधारमा पक्राउ गरेको र उनीहरु माथि आवश्यक कारवाहीका लागि हिरासहीत राजश्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएकोे छ ।