राजनीति

राष्ट्रपतिलाई देउवाले हाने झटारो

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रमकावारेमा बुधवार आफनो धारणा प्रस्तुत गरेका छन ।

उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले सभामुखलाई ‘सम्माननीय’ नभनेकोमा टिप्पणी गदै भने राष्ट्रपतिले सम्माननीय शब्द प्रयोग नगरेपनि म सम्माननीय सभामुख भन्न चाहान्छु । नेता देउवाले राष्ट्रिपतिप्रति ब्यङय गर्दा सभाहलमा हासो गदै कग्रेस संसदहरुले समर्थन जनाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सभामुख महोदय र राष्ट्रियसभाका अध्यक्ष महोदय भनेर सम्वोधन गरेकी थिइन् । तर, सम्माननीय भन्नुपर्ने भन्दै काँग्रेस संसद डा। मिनेन्द्रप्रसाद रिजालसहित १७ सांसदले नीति तथा कार्यक्रमा संशोधन प्रस्ताव पेस गरेका थिए ।