कृषि

पैसा नपाएपछि किसानले गरे यस्तो !

महोत्तरी । महोत्तरीको एभरेस्ट सुगर एन्ड केमिकल इन्टस्ट्रिज लिमिटेड रामनगरमा तीन दिनदेखि ताला लागेको छ ।

किसानले उधारो उखुको पैसा भुक्तानी नदिएको भन्दै उद्योगमा ताला लगाएका हुन् । आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा यो समाचार छापिएको छ ।

ताला खुलाउन मिल प्रशासनले अहिलेसम्म कुनै चासो नदिएको र छलफल गर्नुको साटो सम्पर्कबाहिर बस्न थालेको आन्दोलनरत किसानको आरोप छ ।

चीनी मिलमा आ आफ्नो उखु बिक्री गरी महिनौंदेखि भुक्तानी पर्खिरहेका महोत्तरी, धनुषा, सर्लाही र रौतहट जिल्लाका २५ हजारभन्दा बढी उखु किसानले मिल प्रशासनले भुक्तानीमा चासो नदिएको भन्दै ताला लगाएका हुन् ।