आर्थिक

कर्मचारी लाई दुखद खबर राज्न्यलाई भने सुखद !

काठमाडौं । सरकारले निजामती कर्मचारीहरुलाई विभिन्न नाममा दिने प्रोत्साहन भत्ता कटौती गरेको छ ।

यसले वार्षिक ५ अर्ब रुपैयाँ व्ययभार कम हुने देखिएको छ ।

मन्त्रिपरिषदले वैशाख अन्तिम साता पास गरेको ‘सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन’ अनुसार यो साउनबाट निजामती कर्मचारीहरुले महँगी, स्थानीय, पोसाकभन्दा बाहेकका अन्य भत्ता पाउने छैनन् ।

हाल निजामती कर्मचारीले तलब, स्थानीय भत्ता, महँगी, फिल्ड, बैठक र कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता पाउँदै आएका छन् । –कान्तिपुर दैनिकबाट