पु.समाचार

क्षेत्रीको अध्यक्षतामा केन्द्रीय समिति गठन

विराटनगर । नेपाल प्रजातान्त्रिक पार्टीको आज सम्पन्न केन्द्रीय भेलाले रामचन्द्र क्षत्रीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

भेलाले चार उपाध्यक्ष विनोद यादव, यमानन्द जिसी, देवेन्द्र आलोक र यशोदा दाहाल, तथा महासचिव सुरेन्द्रकुमार कार्कीलाई चयन गरेको छ ।

एकसय पाँच केन्द्रीय समितिमा रहने निर्णयको र भेलाले राज संस्था एवं हिन्दू राष्ट्र स्थापनामा पहल गर्ने, वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमै रोजगारी दिने, कृषि र अन्य पूर्वाधारहरूको विकास गरी खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउने, सुशासन र अखण्डताको मर्म र भावनालाई बलियो बनाउने निर्णय पारित गरेको छ ।