समाचार

३ हजार ८ सय किलो सुनकाण्डः एसएसपीसहित २८ जना जेल चलान

काठमाडौं । पछिल्लो समय चर्चामा रहेको साढे ३३ किलो सुनकाण्डमा पक्राउ परेका पूर्व डिआईजी सहित २८ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न अदालतले आदेश दिएको छ । मंगलबार सकिएको थुनछेक बहसपछि मोरङ जिल्ला अदालतले २८ जनालाई थुनामा राख्न आदेश दिएको हो ।

नेपाल प्रहरीका पूर्वडिआईजी गोविन्द निरौला, निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, भुजुङ गुरुङ, डीएसपीद्वय सञ्जय राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायत २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

यसैबीच, पक्राउ परेका दुईजना रिहा भएका छन् । रिहा हुनेहरुमा फरार रहेका एसएसपी श्याम खत्रीका चालक प्रहरी जवान अमरबहादुर थापा मगर र खत्रीकै अर्का चालक विष्णु खड्का रहेका छन् ।