देश

कुचो उद्योग स्थापना

तुलसीपुर । लमही नगरपालिका–३ वनगाउँमा कुचो उद्योग स्थापना गरिएको छ ।

स्थानीयवासी दुई जनाले आफ्नै लगानीमा ‘सन्जु आरती कुचो उद्योग’ स्थापना गरेका हुन् । वनगाउँका रामचरण चौधरी र भोजराज भुसालले रु ५० लाखको लगानीमा सो उद्योग स्थापना गरेका हुन् ।

बजारमा भारतीय कुचोले ठाउँ लिएका कारण उद्योग सञ्चालन गरेको सञ्चालक भुसालले बताए । स्थानीयवासीको मागलाई ध्यानमा राखि उद्योग सञ्चालन गरेको उनको भनाइ छ ।

सो उद्योगको आज एक कार्यक्रमकाबीच लमही नगरपालिका–३ का वडाध्यक्ष बाबुराम चौधरीले उद्घाटन गरे ।