समाचार

प्रहरीलाई मामा भन्दै सुनतस्करीको साम्राज्य चलाउने गोरेको नालीबेली

काठमाडौं । मध्यमबर्गीय परिवारमा जन्मिएका गोरे भनिने चुडामणी उप्रेती ‘गोरे’ रातारात कसरी नव–धनाड्यका रुपमा उदाए भन्ने प्रश्नको उत्तर अहिले आएर उदाङ्गो भएको छ । सोमबार बिहान पक्राउ परेका गोरे ३८ क्वीन्टल सुनका मुख्य नाईके मानिएका छन् । जसको नेपाली बजार मूल्य करिब १८ अर्ब हुन आउछ ।

झापाको उर्लाबारीका जन्मिएका गोरे यही सुन तस्करीबाट रातारात नवधनाड्यका रुपमा उदाएका रहेछन् भन्ने कुरा छर्लङ्ग भएको छ । ठूलठूला व्यापारी र प्रहरीका उच्च अधिकारीसँगको मिलेमतोमा अर्बौको सुन तस्करी गरेर कालोधन–सम्पत्ती थुुपारेर क्षणिक नवधनाड्य बनेको छताछुल्ल भएको छ ।

त्यहीँ कालो धनसम्पत्तीको आडमा प्रहरी प्रशासनलाई समेत आफ्नो वसमा पार्दै तस्करीको साम्राज्य नै चलाइरहेका गोरे पूर्व असईका छोरा रहेको खुलेको छ । सानोमा गोरे पढाई लेखाईमा पटक्कै ध्यान दिदैँन्थे त्यसकारण उनले बीचैमा पढाई छोडेर भारतीय सेनामा समेत केही बर्ष जागिर खाएका थिए ।

केही बर्ष भारतीय सेनामा जागिर खाएर छाडेका गोरे वैदेशिक रोजगारीको सिलसिलमा दुबई पुगेका थिए । प्रहरी अनुसन्धानका अनुसार गोरे दुबई पुगे लगत्तै सुनतस्कर सँग भेटघाट हुन थालेको र सुनभरियाको रुपमा काम गर्न थालेका थिए । चतुर स्वभावका ३६ बर्षिय गोरे पछि आफैँ सुनतस्करका डन बनेका थिए ।

वैदेशिक रोजगारीमा जानुभन्दा अघिसम्म उर्लाबारी नै घर भएका गोरेले ५ बर्षभित्रै काठमाडौंमा ४ तले घर ठड्याउनु स्थानियका लागि पनि शंकाको बिषय बनेको थियो । अहिले आएर केही स्थानियहरुको शंका सही सावित भएको छ । गोरेले आमा बुवालाई समेत काठमाडौंमै बसाई गराएका छन् ।

गोरे भाइ रमेश उप्रेतीसँग मिलेर सुनतस्करी गर्ने गरेको प्रहरी अनसन्धानले बताएको छ ।

सुन प्रकरणमा मुछिएका एक सईको बयानका अनुसार, गोरे प्रहरीलाई ‘मामा’ भनी सम्बोधन गर्ने गरेको खुलेको छ ।

गोरेको सुनतस्करी १ तोला देखि सुरु भएको थियो । पछि उनले दुबई लगायत सिंगापुर, थाइल्यान्ड आदि मुलुकबाट पठाइएको सुन नेपालका विभिन्न ठाउँदेखि भारतसम्म सप्लाई गर्ने सञ्जाल नै बनाएका थिए ।

सुनतस्करीका मुख्य नाईके गोरेलाई मंगलबार बिहान गृह सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन गरेको समितिले पक्राउ गरेर कठघरामा उभ्याएपछि उनको सुनतस्करी यात्रामा पूर्णबिराम लागेको छ ।

गोरे पक्राउ पश्चात विमानस्थलबाट हुने गरेका यस्ता ठूला तस्करीका घटना प्रकाशमा आउनेछन् ।

सम्बन्धित पढ्नुहोस्ः-

को होलान विमानस्थलमा बरामद गरिएको सुनका मालिक ?

एउटै ग्याङबाट ३८ क्वीन्टल सुन तस्करी !

थोरै कमजोरी भएको भएको सुनको हालत यस्तो…

सत्र केजी सुन हात लाग्यो !

एसपी लोहनी समातिए !

अदालतभित्रै पत्रकारलाई लात्ती

भुजुङले एयरपोर्टबाट यसरी भित्र्याउदाँ रहेछन् बोराका बोरा सुन !

‘गोरे’ बारे छानविन समितिले गर्यो यस्तो खुलासा