समाचार

गण्डक नहरमा भारतीय प्राविधिक र ठेकेदारको अनियमितता

नवलपरासी । पश्चिम नवलपरासीस्थित गण्डक मुख्य पश्चिमी नहर मर्मतमा भइरहेको अनियमितता नरोकिँदा सरोकारवालाहरू चिन्तित भएका छन् ।

उक्त नहर मर्मतमा भारतीय प्राविधिक र ठेकेदारहरुबाट गुणस्तर कार्य नभएको नेपाली पक्षको दाबी छ ।

गण्डक ब्यारेज पुलदेखि सुस्ता गाउँपालिकाको हर्कपुरासम्म नहर अधिकांश भागमा भत्किएको अवस्थामा भारत विहार सिँचाइ विभागले चैत महिनादेखि आंशिक रुपमा मर्मत गराउँदै आएको बताइएको छ ।

मर्मत कार्यमा नेपाली पक्षको तर्फबाट सम्पर्क अधिकृत र नेपाल गण्डक पश्चिमी नहरका उच्च प्राविधिकसहितका सरोकारवाला निकाय रहे पनि ती निकायले नहर मर्मतमा भएको अनियमितताबारे कुनै चासो नदेखाएको गुनासो नेपाली पक्षको छ ।

अनियमितताबारे बर्दघाट सुस्ता पुूर्व र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको पनि गण्डक नदी नियन्त्रण संघर्ष समिमितिका पूर्व सविच प्रेमचन्द्र गुप्ताले बताए ।