देश

नेपाली काँग्रेस मोरङको क्षेत्रीय भेला

विराटनगर । नेपाली काँग्रेसले मोरङको क्षेत्र नं ५ को जहदास्थित बुधनगरमा सोमबार क्षेत्रीय भेला सम्पन्न गरेको छ ।

पार्टीको संगठनलाई टोलटोलमा बलियो बनाउन र कार्यकर्तालाई प्रशिक्षण प्रदान गरी पार्टीको नीति सम्बन्धमा जनतालाई जागृत गर्नुपर्ने मुख्य उद्देश्यका साथ सो भेलाको आयोजना गरिएको थियो ।

नेपाली काँग्रेस क्षेत्र नं ५ का क्षेत्रीय सभापति दिलीप पोखरेलको अध्यक्षतामा भएको उक्त भेलामा पार्टीका जिल्ला सदस्यद्वय राजेश गुप्ता, नवराज पाण्डे र युवा नेता सुकदेव मण्डललगायत पार्टीका महासमिति तथा महाधिवेशनका सदस्यले कार्यकर्तालाई उच्च मनोबलका साथ संगठनलाई बलियो बनाउनका लागि सक्रिय हुन आग्रह गरे ।