साहित्य

अवतारको रुपमा मेरो जिवनयात्रा विमोचित

काठमाडौँ । बौद्ध धर्मका गुरु स्याङ्पा रिन्पोछेद्वारा लिखित ‘अवतारको रुपमा मेरो जिवनयात्रा’ विमोचन भएको छ । सन्ताउन्न वर्षीय रिम्पोन्छेले आफ्नो बाल्यकालमा आइपरेका बाधा, व्यवधान र कठिनाइलाई समेटेर तयार गरिएको पुस्तकको आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले विमोचन गरेका हुन्।

स्याङ्पा फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा मन्त्री तामाङले बुद्ध परम्परामा ज्ञान नै ठूलो शक्ति भएकाले रिन्पोछेले आफ्नो ज्ञान र आफूले भोगेका कुरालाई बाहिर ल्याएर राम्रो काम गरेको बताए ।

“जहाँ शान्ति हुन्छ, त्यो ठाउँ राम्रो हुन्छ, शान्ति भएको देशमा विकास चाँडो हुन्छ,”–उनले भने ।

मन्त्री तामाङले सकारात्मक सोचबाट अगाडि बढेमात्र सफल भइने बताए ।

पोखराको ज्याङछुक जुलिङ गुम्बाका प्रमुख तथा धर्मोदय सभाका राष्ट्रिय अध्यक्षसमेत रहेका रिम्पोछेले डोल्पामा जन्मेर पोखरामा आएर संघर्षरत जीवन बिताएका थिए ।

उनले पुस्तकमा आफु जन्मेपछि बुवाको निधन, आमाले गरेको संघर्ष, तिब्बतमा दुई वर्षको बसाइँ, भारतको वारणसीमा अध्ययन, आफू धर्मगुरु भएपछि गरेका कामहरु पुस्तकमा उतारे ।