राजनीति

नीति र कार्यक्रम प्रधानमन्त्री ओलीको भाषण जस्तो भएको काँग्रेसको दावी, कुनै नयाँपन नआएको टिप्पणी

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको नीति र कार्यक्रममा कुनै नयाँपन नआएको टिप्पणी गर्दै प्रधानमन्त्री केपी ओलीको भाषण जस्तो भएको दावी गरेको छ । काँग्रेस केन्द्रीय सदस्य एवं पुर्व अर्थमन्त्री ड.रामशरण महतले सरकारको एक वर्षे नीति र कार्यक्रम पंञ्चबर्षिय योजना जस्तो भएको र अनावश्यक महत्वकाँक्षी भएको बताए ।

उनले सरकारको अनुशासन हिनताका कारण कार्यान्वयन पक्षमा शंका रहेको आशंका ब्यक्त गरे । काँग्रेस केन्द्रीय सदस्य तथा निबर्तमान अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नीति र कार्यव्रmम निबन्ध जस्तो भएको टिपणी गरे । नीति र कार्यक्रम सोमवार राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेकी थिइन् ।