देश

आजदेखि ‘हेलो सिएम’

धनगढी । प्रदेश नंं ७ को सरकारले जनताका गुनासोलाई सम्बोधन गर्न आजदेखि ‘हेलो सिएम’ कार्यक्रम शुरु गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा अयोजित कार्यक्रममा मुख्य मन्त्री त्रिलोचन भट्टले ‘हेलो सिएम’ कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै जनगुनासोको सुनुवाइ गर्दै जनतालाई सरकारसँग जोडेर सुशासनको अनुभूति गराउन कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताए ।

कार्यक्रमलगत्तै टेलिफोनमार्फत आएको गुनासोको सुनुवाइ गर्दै मख्यमन्त्री भट्टले धनगढीमा ट्राफिक व्यवस्थापनका लागि पहल गर्ने आश्वासन दिए ।