आर्थिक

माछापुच्छ्रे बैंकको थप ५ नयाँ स्थानबाट बैंकिङ्ग सेवा

काठमाडौं । जेठ महिनाको पहिलो दिन १० नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको माछापुच्छ्रे बैंकले एकै साथ थप ३ शाखा कार्यालय तथा २ शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले आईतबार सुुनसरीको धरान उप–महानगरपालिका, भोजपुुरको भोजपुुर नगरपालिका र जुुम्लाको चन्दननाथ नगरपालिकामा शाखाको स्थापना गरेको छ । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।

साथै बैंकले कञ्चनपुुरको वेलडांडी–२ तथा भिमदक्तनगर–८ मा २ नयाँ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैकले गत साल चैत्र मसान्तसम्म रु ६८ अर्व निक्षेप परिचालन गरी रु. ६२ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१करोड खुद मुनाफा गरेको छ ।

उक्त शाखाहरु समेत बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ७७ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०० स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ । साथै, बंैकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।