अन्तर्राष्ट्रिय

चट्याङ लागेर १२ जनाको ज्यान गयो

काठमाडौं । किगाली रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर शनिबार र आइतबारमात्र १२ जना किसानको मृत्यु भएको समाचारमा छ ।

दक्षिणी रुवाण्डाको उक्त स्थानमा खेतमा काम गरिरहेका ती किसान चट्याङबाट मारिएका छन् । सो घटनामा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका यहाँका गृह प्रशासनसम्बन्धी अधिकारीले सोमबार जानकारी दिएका छन् ।

आइतबार बिहान ८ बजेतिर ४५ उक्त खेतमा कार्यरत कैयौँ किसानलाई चट्याङ लागेको थियो । आकास चम्किएको विद्युत्ले हानेपछि लगत्तै भूइँमा लडेका उनीहरुको घटनास्थलमै निधन भएको बताइएको छ ।

उक्त स्थानमा गत महिनामात्र पनि चट्याङमा परी कैयौँको ज्यान गएको थियो । सो स्थानमा गतवर्ष पनि यसरी चट्याङ लागेर केही मानिसको ज्यान गएको थियो । -रासस÷सिन्ह्वा