राजनीति

काँग्रेसका गुट भत्किदै जोडिदै, यी हुन् गुटमा रमाउने नेताहरु !

हेमराज खड्का/काठमाडौं । नेपालको लोकतान्त्रीक आन्दोलनको अग्रणी दल नेपाली काँग्रेस पछिल्लो समयमा चरम गुटबन्दीमा फसेको छ । काँग्रेसको केन्द्रदेखि तल्लो स्तरसम्म गुटबन्दीको प्रभाव कायम छ । काँग्रेसका जिल्लादेखि गाँउ स्तरका नेता तथा कार्यकर्ता समेत केन्द्रीय नेताको आशिर्बाद विना अगाडी बढन नसकिने निष्कर्षमा पुगेको चियापसलतिर गफ सुन्न पाईन्छ । काँग्रेसमा यति गुटबन्दी छ कि कुनै कुनै जिल्ला, गाउँ वा नगर कमिटीमा संगठनका सदस्य विचमा पानी बाराबारको सम्वन्ध समेत देखिएको छ । संघीय संसदको निर्वाचनमा गुटबन्दी कै कारणले कग्रेस पहिल्यो दलबाट एकै पटक प्रतिपक्षको भुमिकामा खुम्चन बाध्य भयो ।

जनादेशको सम्मान गर्ननसक्दा तथा चरम गुटबन्दीका कारण काँग्रेसले नराम्रोसँग पराजय बेर्होनु परेको तीतो यथार्थ हो । तर नेताहरु तत्कालिन एमाले र माओवादी (केन्द्र)विच कार्यगत एकता भएका कारण पराजित भएको जवाफ दिईरहेका छन् । कम्युनिष्ट एकताले प्रभाव परेपनि काँग्रेसको पराजयको मुख्य कारण गुटबन्दी नै हो भन्दा अत्युक्ति नहोला । काँग्रेसमा अहिल्ये सभापति शेरबहादुर देउवा गुट, बरिष्ठ नेता रामचन्द्र पौडेल गुट, पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गुट ठूला गुटको रुपमा सकृय देखिन्छन्, यसबाहेक उपगुटहरु पनि कायम छन्, पुर्वमहामन्त्री कुलबहादुर गुरुङको पुरानो गुट यथावत छ, रामचन्द्र पौडेल भित्र शसांक कोईराला, डा. शेखर कोईराला, सुजाता कोईराला, प्रकाशमान सिंह, डा. रामशरण महतका आफ्नै उपगुट छन् । संस्थापन पक्षमा उपसभापति बिमलेन्द्य्र निधी, गोपालमान श्रेष्ठ, बिजय गच्छदार, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण लगायतका नेताहरु उपगुट चलाईरहेका छन् । कहिले कोईराला गुट त कहिले देउवा र पछिल्लो समयमा पौडेल गुटमा सकृय रहेका अजुंन नरसिंह केसीको समेत ठूलै उपगुट देखिन्छ । कृष्णप्रसाद सिटौला गुटमा रहेर राजनीति गरिरहेका लोकप्रीय नेता गगन कुमार थापाले पनि आफ्नै गुट चलाएका छन् ।
प्रभाबशाली नेता खुमबहादुर खड्काको गुट सशक्त थियो, उनको निधनपश्चात उनका गुटका सदस्यहरुलाई आफ्नो गुटमा तान्न देउवा गुट र पौडेल समुह मज्जाले नै सक्रिय भएका थिए ।

काँग्रेसका गुटहरु व्यक्तिगत स्वार्थ तथा पद, प्रतिष्ठा र पैसाका लागि बनिने र भतकने समेत गदै आएका छन् । संघीय संसदको निर्वाचनमा जनताले सत्ताबाट बाहिर बस्ने जनादेश दिएर कुनामा पुर्‍याएको भएपनि अझै काँग्रेसका नेताहरुमा संगठनको विस्तार गर्नु भन्दा पनि आफ्नो गुटलाई मजबुद बनाएर आफू स्थापीत भईरहने ध्यान केन्द्रित गरेको देखिन्छ । बरिष्ठ नेता पौडेल समुहले आपत्ति गर्दागदै पनि सभापति देउवाले पदाधिकारी मनोनयनमा एकलौटी गरेबाट नै बुझिन्छ काँग्रेसमा अझै गुट मौलाईरहेको छ ।

को को छन त गुटलाई साथ दिने नेताहरु

सभापति देउवा समूह
उपसभापति— विमलेन्द्र निधी

प्रभाबशाली नेता बिजय गच्छदार
महामन्त्री— पुर्णबहादुर खड्का
सहमहामन्त्री— डा.प्रकासशरण महत
प्रवक्ता—विश्वप्रकाश शर्मा
केन्द्रीय सदस्य —गोपालमान श्रेष्ठ
केन्द्रीय सदस्य—ज्ञानेन्द्र बहादुर कार्की
केन्द्रीय सदस्य—प्रदिप गिरी
केन्द्रीय सदस्य—चित्रालेखा यादव
केन्द्रीय सदस्य—बालकृष्ण खाँड
केन्द्रीय सदस्य —एन पी साउद
केन्द्रीय सदस्य —रमेश लेखक
केन्द्रीय सदस्य—मीन बिश्वकर्मा
केन्द्रीय सदस्य — महेन्द्र यादब
केन्द्रीय सदस्य —मीना सुब्बा लगायत छन् ।

बरिष्ठ नेता पौडेल समूहः
महामन्त्री—डा.शशांक कोइराला
कोषाध्यक्ष—सीतादेवी यादव
केन्द्रीय सदस्य–प्रकाशमान सिँह
केन्द्रीय सदस्य—डा.नारायण खड्का
केन्द्रीय सदस्य—डा.रामशरण महत
केन्द्रीय सदस्य —बलबहादुर के.सी.
केन्द्रीय सदस्य—महेश आचार्य
केन्द्रीय सदस्य—सुजाता कोईराला
केन्द्रीय सदस्य डा.शेखर कोइराला
केन्द्रीय सदस्य—दिलेन्द्रप्रसाद बडु
केन्दीय सदस्य—डा.मिनेन्द्र रिजाल
केन्द्रीय सदस्य—नविन्द्रराज जोसी
केन्द्रीय सदस्य —गुरुराज घिमिरे
केन्द्रीय सदस्य —बद्री पाण्डे
केन्द्रीय सदस्य —जीबन परियार
केन्द्रीय सदस्य—रामकृष्ण यादव
केन्द्रीय सदस्य—कमला पन्त लगायत छन् ।

पुर्वमहामन्त्री कृष्णप्रसाद सीटौला समूह
केन्द्रीय सदस्य—गगन थापा
केन्द्रीय सदस्य—उमाकान्त चौधरी
नेता —भीमसेनदास प्रधान
पुर्व साँसद—उषा गुरुङ लगायत छन् ।

पुर्वमहामन्त्री कुल बहादुर गुरङ गुटः
नेताहरु विनयध्वज चन्द
गोबिन्दराज जोसी लगायत छन ।

काँग्रेसका यी गुटहरु बेला बेलामा सत्ता लिप्सा तथा व्यक्तिगत स्वार्थका कारण भत्कने र जोडीने समेत गरेका छन् । अर्को ससक्त गुटको नेतृत्व गरेका थिए नेता खुमबहादुर खड्काले उनको केहि महिना अघि मृत्यु भएपछि उक्त गुटमा रहेका केन्द्रीय सदस्य पुष्पा भुसाल र शंकर भण्डारीले पनि गुट परिवर्तन गरेका छन् । भुसाल अहिल्य देउवा गुटमा पुगेकी छिन् ।

विगतमा संघिय संसदको निर्वाचनमा पराजित भएपछि यसको समिक्षा गर्न पटक पटक बसेको केन्द्रीय समिति बैठकले हारको नैतिक जीम्मेवारी कसले लीने भन्नेमा आफनो लामो समय खर्चियो तर सभापति शेरवहादुर देउवालगाएत कुनैपनि केन्द्रीय पदाधिकारीहरुले यसको नैतिक जीम्मेवारी लीन आनकानी गरेका छन् । केन्द्रीय समितको बैठकमा एउटा गुटले अर्को गुटलाई दोष देखाएर तीनवटै गुट उम्कने कोशिस गरेका थिए । उनीहरुले स्पष्ट रुपमा हारको नैतिक जीम्मेवारी लिएनन् ।

पार्टि पराजयको दोष तत्कालिन एमाले माओवादी (केन्द्र)को कार्यगत एकतालाई दिदै नेताहरुले पराजयको जीम्मेवार लीने नैतिकता समत देखाएनन्, बरु जिल्ला सभापतिहरुको भेला जेठको अन्तिममा हेटौडामा गर्ने र महासमिति बैठक आगामी भदौ गर्ने निणर्य सहित केन्द्रीय समितिको बैठक टुङ्गीएको थियो । संघीय संसदको निर्वाचनको परिणामले सत्ताको चावी बामपन्थीको हातमा बुझाउन बाध्य भएको काँग्रसले पार्टी भित्रका विभिन्न गुटको अन्त्य गदै पार्टि संगठन विस्तार गर्न लाग्ने छ भन्ने धेरैले आस गरेका थिए तर यतातिर काँग्रेसको ध्यान पुग्न सकेको छैन । काँग्रेसको यो हालत देखेर प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष खड्गप्रसाद ओलीले त काँग्रेसले अव सहयोगीको भुमिका मात्र खेल्न सक्ने भन्दै खरो टिप्पणी गरेका छन् ।

उनको भनाईलाई मान्ने हो भने काँग्रेसले अव संघीय संसदमा प्रतिपक्षको भुमिका समेत राम्रोसँग खेल्न नसक्ने अवस्थामा पुगेको छ । बिगतमा एकपछि अर्को मुद्धामा चुक्दै गएको काँग्रेसले बर्तमान अवस्थामा पेट्रोलियम पदार्थ एकै महिनामा तीन, चार पटक मुल्य बृद्धी हुदा तथा मुलुकका जल्दाबल्दा समस्यालाई समेत स्पष्ट रुपमा संघीय संसदमा उठाउन सकेको छैन ।