अन्तर्राष्ट्रिय

ट्रक र बस ठोक्किदा ९ जनाको मृत्यु

काठमाडौं । भारतको मध्यप्रदेशमा भएको सडक दुर्घटनाको एक घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ ।

मध्य प्रदेशको गुना जिल्लामा ट्रक र बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका प्रहरी स्रोतले सोमबार जानकारी दिएको छ ।

मध्य प्रदेशको प्रान्तीय राजधानी भोपालबाट दुई सय किलोमिटर टाढा यो घटना भएको थियो ।

एकजना चालक, उनका सहयोगीसहित ३२ जना यात्रु सवार एक बस गुजरात राज्यतर्फ गइरहेका बेला दुर्घटनामा परेको थियो । -रासस÷सिन्ह्वा