अन्तर्राष्ट्रिय

कानपुरमा रक्सीले लियो १२ जनाको ज्यान

कानपुर । उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु् भएको छ ।

कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको यस घटनामा १२ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

कानपुर नगरको सचेण्डीमा शनिबार छ जना र कानपुरकै रूरामा आइतबार थप छ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।

यस घटनामा अन्य केही व्यक्ति बिरामी परेका तर बिरामीहरुको यकिन संख्यामा दिइएको छैन । बिरामी सवैको स्थानीय अस्पतालमा उपचार भईरहेको बतइएको छ ।

बिरामीहरुमा केहीको अवस्था चिन्ताजनक भएकोले मृतकको संख्या बढ्नसक्ने समेत अस्पताल स्रोतले जानकारी दिएको छ ।

हालसम्म विषाक्त रक्सी बेचेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको र त्यसमध्ये विनय सिंह नामक एक व्यक्ति प्रमुख आरोपीको रुपमा रहेको पाइएको प्रहरीको भनाई छ ।

भारत सरकारले मृतकका परिवारलाई दुई लाख भारतीय रूपैयाँ दिने घोषणा गरेको छ भने बिरामीलाई उपचारको सहयोगको रुपमा ५० हजार भारतीय रूपैयाँ उपलब्ध गराइने बताएको छ ।

यस घटनाका बिरामीलाई भेट्न शनिबार कानपुरको हैलट अस्पताल पुग्नु भएका मुख्यमन्त्री दिनेश शर्माले यस अपराधीक कार्यमा दोषी पाइएकालाई कडा कारबाही गरिने बताएका छन् ।

यस घटनाबारे विभिन्न स्तरमा अनुसन्धान भइरहेको प्रहरी अधिकारी अखिलेश कुमारले बताएका छन् । रक्सी विक्रेता र स्थानीय प्रहरीबीच साठगाँठ रहेको हुनसक्ने आशङ्कामा अनुसन्धान भइरहेको पनि उनले जानकारी दिएका छन् ।