खेलकुद

सन्दीपलाई पहिल्यै नखेलाउनुको कारण यस्तो !

काठमाडौं । आईपिईएलमा पुग्ने पहिलो नेपाली युवा खेलाडी सन्दिप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले पहिल्यै किन नखेलाएको भन्ने बारे स्पष्टीकरण दिएको छ । दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले सन्दीपको प्रतिभामा शंका नभएको तर अनुभवी खेलाडी भएकाले खेलाउन ढिला भएको बताएका हुन् ।

पोन्टिङले स्पष्टीकरण दिँदै भनेका छन्, ‘सन्दीपको प्रतिभामा हामीलाई शंका थिएन । तर, हामीसँग राबाडा, क्रिस मोरिस, ग्लेन म्याक्सवेल जस्ता अनुभवी खेलाडी थिए । त्यसैले विदेशी कोटामा सन्दीपलाई अटाउन गाह्रो भयो ।’

सन्दीपको बलिङको विषयमा चर्चा गर्दै पोन्टिङले अगाडि भने, ‘हामीले विगत ८-९ हप्तादेखि उनलाई नियालिरहेका छौं । उनी हरेक दिन बिहानदेखि बेलुकासम्म नथाकिकन बलिङ अभ्यास गरिरहन्थे र उनको अनुहारमा मुस्कान कहिल्यै पनि टुट्दैनथ्यो । यस्ता युवा खेलाडीहरु देख्दा असाध्यै खुशी लाग्छ ।’

उनले अघि भने, ‘आईपीएलमा उदाएका केही प्रतिभावान युवा खेलाडीमा सन्दीप पनि पर्छन् । हामी उनको लामो र सफल आईपीएल करिअरको आशा गरिरहेका छौं ।’

सन्दिपले आईतबार राती भएको मुम्बई ईन्डियन्स विरुद्धको खेलमा ३६ रन दिएर महत्वपूर्ण ३ वटा विकेट लिएर टोलीलाई जिताएका छन् ।