देश

एमालेको दैनिक आम्दानी चार लाख, माओवादी ऋणमा डुब्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीमा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये आर्थिक रुपमा एमाले धनी रहेको पाईएको छ ।

आजको नागरिक दैनिकका अनुसार एमालेको दैनिक आम्दानी करिव चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन ।

माओवादी उल्टै १४ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको छ ।

दुई पार्टीबीच एकीकरण भएपछि आम्दानी र ऋणको हिसावकिताव संकलन गर्ने क्रममा यस्तो तथ्यांक भेटिएको हो ।

एकीकरणअघिको अन्तिम संयुक्त बैठकमा दुई पार्टीबीच दुवै पार्टीका सम्पत्ति र जयजेथा नेपाल कम्युनिष्ट पार्टीको हुने सहमति भएको थियो ।