स्वास्थ्य

९९ बर्षिय राष्ट्रकवि अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि राष्ट्रकवि माधव प्रसाद घिमिरे अस्पताल भर्ना भएका छन् । घिमिरेलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको पारीवारीक स्रोतले बताको हो ।

९९ वर्षीय घिमिरेको स्वास्थ्य सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । तर पछिल्लो केही दिन देखि अस्वस्थ बनेका घिमिरेलाई हाईकेयर वार्डमा उपचार गरिदैँ छ । उनको आन्तरिक रक्तश्राव रोकिएको पारीवारिक स्रोतले बतायो । उनलाई ४ पोइन्ट रगत दिईएको छ ।

नेपालमा विज्ञको अभाव रहेकाले सम्भव नभए उपचारका लागि भारत लगिने स्रोतले जानकारी दियो ।