समाचार

आखिर किन हुन्छ सुन तस्करी ?

काठमाडौं । सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी पैठारीका कारण सुनको बढी मूल्य तिर्नुपर्ने हुनाले व्यवसायी र उपभोक्ताले नोक्सानी बेहोरिरहेका छन् ।

‘धेरै आम्दानी हुने भएकाले तस्करहरूले जोखिम मोलेर भए पनि यो अवैध कारोबार गरिरहेका हुन्छन्,’ पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले भने, ‘पञ्चायतीकालदेखि नै हवाई र स्थलमार्गबाट सुन तस्करी निरन्तर जारी छ, भ्रममा नपरौं, अहिले पनि यो रोकिएको छैन ।’ पञ्चायतकालमा समेत भारी परिमाणमा सुन बरामद हुने गरेको थियो ।

सरकारले २०६९र०७० मा सुनको आयातमा रोक लगाउँदै राष्ट्र बैंकलाई आपूर्तिको जिम्मा दियो । काँचो सुन ल्याउन रोक लगायो । बरामद हुने तस्करीको सुनमा मूल्य बराबर जरिवाना एवं दस लाख रुपैयाँभन्दा बढीको हकमा कैदको प्रावधान लागू गर्‍यो । तस्करी भने रोकिएको छैन । यो खबर आजको कान्तिपुरमा छ ।