आर्थिक

फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता सुरु

काठमाडौं । आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोगर जुनियरटेनिस इनिसियसन (जेटीआई) को संयोजनमा ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ प्रतियोगिता आइतवारदेखि सुरु भएको छ ।

आधारभूत तहबाटै टेनिस खेलको अभ्यासमा सहयोग पुगोस् भन्ने मुख्य उद्देश्यका साथ आयोजित उक्त प्रतियोगितात्मक खेलको उद्घाटन आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, हेम लामा,डा. इन्द्रजीत राई र हिमाल खबर पत्रिकाका सम्पादक किरण नेपालले संयुक्त रुपमा नाउलिङ्ग स्पोर्टस भिल्ला भंगालमा गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले अहिलको प्रतिष्पर्धी यूगमा पढाइका अतिरिक्त अन्य विषयमा पनि ज्ञान र अनुभव आवश्यक पर्ने हुँदा बालबालिकाहरुमा खेलकुदप्रति रुची बढाउन प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमूख अतिथी हेम लामा, डा. राइ र नेपालले नेपालको नीजि क्षेत्रबाट टेनिस खेलको विकासमा देखाएका प्रयासको प्रसंशा गर्नुभएको थियो ।

आजको प्रतियोगितात्मक खेलमा आठ वर्ष मूनिको समूहबाट सम्राज्ञी लामा, सिभाली गुरुङ्, असोभ हाडा र आद्रित नेपाल फाइनलमा प्रवेश गरेका छन् ।अन्य समूहका लागि प्रतियोगितात्मक खेल काठमाडौंस्थित नाउलिङ्ग स्पोर्टस भिल्ला र मण्डीखाटार टेनिस क्लबमाजारी रहेको छ ।