स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा आइतबार सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढी बिरामीले सेवा लिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वय र बूढीगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा २०० बढीले उपचार सेवा पाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताए । शिविरमा आएका ५० जना बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।
शिविरमा छाला तथा यौन रोगसम्बन्धी उपचार तथा परामर्श दिइएको थियो । त्यसबाहेक अन्य बाल रोग, स्त्री रोग, हाड जोर्नी, सुगर, दीर्घरोगको पनि उपचार गरिएको डा दुर्गा महर्जनले बताए । शिविरमा अपांगता भएका व्यक्तिलाई बैसाखी पनि वितरण गरिएको बूढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक शाहले जानकारी दिए ।
शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो ।