आर्थिक

ज्योति विकास बैंकले सम्पन्न गर्यो बैदेशिक मुद्रा सम्बन्धि अन्तरक्रिया कार्यक्रम

काठमाण्डौ । ज्योति विकास बैंकले एक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । बैंकको ठमेल शाखाको आयोजना तथा मनि चेन्जर एसोसियसनको सहकार्यमा उक्त अन्तरकृया गरेको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्म राज ढुङ्गानाको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा काठमाडौंमा रहेका मनि चेन्जर व्यवसायका प्रतिनिधिहरु समेतको उपस्थितिमा बैदेशिक मुद्रा सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको थियो ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक राम प्रसाद गौतम र साहायक निर्देशक माधव पोखरेलद्वारा विदेशी मुद्रा कारोबार तथा जोखिम सम्बन्धमा छलफल भएको थियो । विदेशी विनिमय प्रमुख भिष्म राज ढुङ्गानाले विनिमय सम्बन्धि ऐन नियम तथा राष्ट्र बैंकको निर्देशन बारे बताउनुका साथै मनिचेन्जर एसोसिएसनका पदाधिकारी तथा सहभागीले राखेको जिज्ञासा बारे प्रष्ट पारे ।

सो अवसरमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले ज्योति विकास बैंक विदेशी मुद्रा कारोवार तथा पर्यटन क्षेत्रलाई प्रर्वधन गर्न ठमेलमा शाखा विस्तार गरिएको वताउदै प्रतिस्पर्धी विनिमय दर तथा गुणस्तरीय सेवाका लागि ज्योति विकास बैंकमा कारोवार गर्न आग्रह गरे । साथै सो अवसरमा मनि चेन्जर एसोसिएसनका अध्यक्ष केशव बस्नेतले व्यवसायीहरुका समस्या बारे जानकारी गराउँदै समाधानका निम्ति आग्रह गरे ।