देश

लेक लागेर दुईको मृत्यु

सल्लेरी, सोलुखुम्बु । महाकुलुङ गाउँपालिका–१ मा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका– १० टाप्टिङका २९ वर्षीया पेमारिञ्ज शेर्पाको लेक लागेर आज मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मेरापिकको खोर भन्ने स्थानमा मृत्यु भएका शेर्पाको शव हेलिकप्टरमार्फत उद्धार गरी तेन्जीङ हिलारी विमानस्थल लुक्ला पु¥याई आवश्यक कानूनी प्रक्रिया पूरा गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्न अधिकारीले जानकारी दिए ।

यसैबीच महाकुलुङ गाउँपालिका– १ कोठेमा अर्का एक जनाको लेक लागेर ज्यान गएको छ । इटहरी उपमहानगरपालिका–२ का ३८ वर्षीय डिल्लीप्रसाद पौडेलको लेक लागेर ज्यान गएको हो । बिरामीलाई उद्धार गर्न आएको हेलिकप्टर मौसम प्रतिकूलताका कारण अवतरण हुन नसक्दा पौडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।