राजनीति

काँग्रेस जिल्ला सभापतिहरुको हेटौंडा भेलाले शीर्ष नेताहरुलाई चेत खुलाउने

काठमाडौँ । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्बाचनबाट दोस्रो पार्टीमा खुम्चिएपछि सरकार बाहीर बस्न बाध्य भएको मुलुकको पुरानो लोकतान्त्रीक पार्टी नेपाली काँग्रेसले आफ्ना अभियानहरु जनतासम्म ल्याउने बिभिन्न कार्यक्रमहरु ल्याएको छ ।

झण्डै १२ दिन लामो केन्द्रीय समिति बैठकबाट निर्णय भए अनुसार काँग्रेसले असार ५, ६ र ७ गरे ७ गरे ७७ वटै जिल्लाका जिल्ला सभापतिहरुको भेला प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा गर्ने भएको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम जिल्ला सभापतिको राष्ट्रिय भेला असार ५, ६ र ७ गते मकवानपुरको हेटौँडामा हुन लागेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय समितिको बैठकले जिल्ला सभापतिहरुको भेला राख्ने र त्यसपछि महासमिति बैठक डाक्ने निर्णय गरेअनुसार पार्टीकोे जिल्ला सभापतिहरुको भेला राखिएको हो । यसभन्दा अघिको जिल्ला सभापति भेला काभ्रेको धुलिखेलमा राखिएको थियो ।

काँग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौलाको आ आफ्ना समूहले पार्टीलाई कमजोर बनाईरहेकाबेला देशभरका जिल्ला सभापतिहरुको भेलाले माउपार्टी काँग्रेसलाई महत्वपूर्ण सुझाब दिने अनुमान राजनीतिकबृतमा लागउने गरिएको छ ।