अन्तर्राष्ट्रिय

भारतीय कूटनीतिज्ञलाई जासुसी गरेकोमा जेल सजाय

दिल्ली । एकजना भारतीय कूटनीतिज्ञलाई भारतका विरुद्धमा पाकिस्तानलाई जासुसी गरेको भन्दै तीन वर्षको जेल सजायँ सुनाइएको छ ।

भारतीय कूटनीतिज्ञ माधुरी गुप्ताले पाकिस्तानमा रहेर कामगर्दा आफ्नो देशका विरुद्धमा पाकिस्तानलाई नै गोप्य सूचना दिएको आरोप उनीमाथि लगाइएको थियो ।

गुप्ता ६१ वर्षको हुन् । उनले पाकिस्तानस्थित भारतीय राजदूताबासमा रहेर कामगर्दा पाकिस्तानको गुप्तचर संस्था आइएसआइलाई सूचना दिएको आरोप लगाइएको थियो ।

उनलाई सोही आरोपमा सन् २०१० मा नियन्त्रणमा लिइएको थियो । उनको मुद्दा जारी रहेको थियो । मुद्दाको अन्तिम सुनुवाईका क्रममा आइतबार उनले भारतको गोप्य सूचना चुहाएको पाइएको भन्दै अदालतले तीन वर्षको जेल सजायँ सुनाएको हो ।