समाचार

बल्ल देवी ज्ञवालीले न्याए पाए

काठमाडौं । चितवनका तत्कालिन एमालेका नेता देवी ज्ञवाली नेकपाको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा पराजित भएका नेता अन्ततः न्याय पाएका हुन् ।

स्थानीय चुनावमा उठेकालाई संसदीय चुनावमा टिकट नदिने नीति पार्टीले ल्याएपछि उनका लागि सांसद बन्ने बाटो पनि बन्द भएको थियो तर अब भने बाटो खुलेको छ । भरतपुर महानगरपालिकाको मेयरमा चुनावमा उनीलाई अन्याय गराएर हराएको आरोप लाग्दै आएको छ ।