पर्यटन/संस्कृति

राष्ट्रिय पर्व विदा हटाएकोमा सरकार विरुद्ध आन्दोलन गर्ने मुष्लिम संघको घोषणा

काठमाडौ । सरकारले विभिन्न जनजातीका सांस्कृतिक पैहिचानलाई झलक दिने राष्ट्रिय पर्वका विदालाई हटाएर मुष्लीम लगाएत जनजातीको पैहिचान मेटन खोजेको भन्दै सरोकारवालाहरुले आक्रोश व्यक्त गरिरहेका बेला नेपाली काँग्रेस निकट नेपाल मुष्लिम संघले आन्दोलनको घोषणा गरेको छ ।

सरकारले संविधानको मर्म विपरीत राष्ट्रिय विदालाई हटाएर पहिचान मेटेर अलोकतान्त्रिक काम गरेको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो । हटाएका राष्ट्रिय पर्वका विदा पुनस्थापना नगरेसम्म आन्दोलन जारी रहने बताइएको छ ।

संघका महासचि मोख्तार अहमदद्धावारा जारी विज्ञप्तीमा पहिलो चरणको कार्यक्रम अन्तर्गत सोमवार बाट काठमाडौका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउने रहेको छ । यती गर्दा पनि नभए कडा आन्दोलनका कार्यव्रmम शार्वजनिक गरिने महासचिव अहमदले बताए ।