समाचार

मन्त्री यादव उपचारका लागि थाईल्यान्ड प्रस्थान, ब्रुमग्राड अस्पतालमा उपचार हुने

काठमाडौँ । लामो समयदेखि छालाको संक्रमण, टाउकाको समस्या तथा कम्मरमुनिको भाग नचल्ने भएपछि नर्भिक अस्पतालमा उपचार गराईरहेका उद्योग , वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिएको छ । चिकित्सकको सल्लाहअनुसार उनलाई आज थाइल्याण्ड लगिएको हो ।

निर्धारित समय अनुसार थाईल्यान्ड लगिएका मन्त्री यादवको त्यहाँस्थित ब्रुमग्राड अस्पतालमा उपचार गरिने उनको सचिवालयले जनाएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केही दिन पहिले उनलाई भेटी सम्भव भएसम्म स्वदेश र नभए विदेशमा उपचारको प्रबन्ध गरिने बताएका थिए ।