समाचार

ओलीलाई अहङ्कारी भन्दै गगनले सुनाए आफ्नो मास्टरप्लान

रुपन्देही । नेपाली कांगेसका युवा नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् । ओलीमा अहंकार देखिएको भन्दै उक्त अहंकार छाडेर जनपक्षमा काम गर्न सुझाएका हुन् । नेपाली काङ्ग्रेस सैनामैना (रुपन्देही) को नगरसभालाई सम्बोधन गर्दै नेता थापाले आफ्नो र पार्टीको मास्टर प्लान समेत सुनाएका छन् ।

राणा, राजा र माओवादीको बन्दुकसँग लडेको काङ्ग्रेस एमाले र माओवादी मिलेर नेकपा बन्दैमा नआत्तिने नेता थापाको तर्क छ । ओलीले शनिबार कांगेश आत्तिएको भनेका थिए ।

सांसद समेत रहेका थापाले आगामी निर्वाचनसम्ममा काङ्ग्रेसले १५ लाख मतदाता बढाउनुपर्ने र त्यसकालागि आफूले ५० हजार मतदातालाई काङ्ग्रेस बनाउने ठोकुवा गर्दै उनले भने, अबको ५ बर्षभित्र कांग्रेसले जनताको मन जित्छ, ५ बर्षपछिको चुनावमा सानदार तरिकाले विजय प्राप्त गर्छ ।

एमाले र माओवादीबीच एकता हुनु राम्रो, मिलेर जानुस् भन्ने सुझाव दिँदै थापाले भने– ‘तर अहङ्कारले भरिएको यात्रा लामो समय टिक्न सक्दैन ।’

कांग्रेश सुदृढीकरणमा अभियान थालिसकेको र अभियानलाइ प्रभावकारी बनाउन उनले जोड दिए ।