राजनीति

कट्टेल नेतृत्वको नेकपाले गम्भीर ध्यानाकर्षण भएको भन्दै निकाल्यो विज्ञप्ती

काठमाडौं । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको समाचार प्रति ऋषिराम कट्टेल नेतृत्वको नेकपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी नामको पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको भन्ने भ्रामक र गैह्र कानुनी समाचार प्रति नेपाल कम्युनिष्ट पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नेपालको संचार जगतलाई सत्य,तथ्य र निष्पक्ष समाचार सम्पे्रषण गर्न आग्रह गर्दै कट्टेल नेतृत्वको नेकपाले प्रेशविज्ञप्ती मार्फत वास्तविकता बाहिर ल्याएको छ ।

कट्टेल नेतृत्वको नेकपाले जारी गरेको विज्ञप्तीमा समेटिएका बुदा यस्ता छन्ः–
(१) नेपाल कम्युनिष्ट पार्टी संविधान सभाको दोस्रो निर्वाचन देखि निर्वाचन आयोग मा विधिवत दर्ता भएको दल हो । पछिल्लो पटक निर्वाचन आयोगको मिति २०७४। ५। २२को निर्णय अनुसार संविधानको धारा २७१ र राजनीतिक दल सम्वन्धि ऐन २०७३ को दफा ४८ अनुसार नेपाल कम्युनिष्ट पार्टी दर्ता गरी निर्वाचन चिन्ह घनकोदालो प्रदान गरेको छ ।

(२) यही ऐन को दफा ६मा दलदर्ताहुन नसक्ने बिभिन्न कारणहरु को उल्लेख गरेकोछ । दफा ६ को उपदफा ड मा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्ह संग मिल्ने भएमा दलदर्ता हुन नसक्ने प्रष्ट व्यबस्था गरेको छ । त्यस कारण नेपाल को कानुन र संविधान अनुसार निर्वाचन आयोग मा अर्को नेपाल कम्युनिष्ट पार्टी दर्ता हुनै सक्दैन ।

(३) यही ऐनलाई छल्न पार्टीको नाम मुनी धर्सोतानेर निवेदन दर्ता गराएको कुरा वाहिर आएको छ । सत्य तथ्य के हो निर्वाचन आयोगले छिटै सार्वजनिक जानकारी गराउने नै छ ।

(३) यस्तो प्रष्ट कानुनी व्यबस्था हुदाहुदै सरकारमा रहेका दलहरुले नै यस्तो गैह्रकानुनी कृयाकलाप गर्नाले नेपालको संविधान ,कानुन र सिङ्गो संसदीय व्यबस्था लाई नाङ्गो पारेको छ र सत्तासिन दलहरुको अधिनायकवादी चरित्रको पर्दाफास गरेको छ ।

(४) प्रष्ट कुरै नवुझि वा जे भएको हो त्यही सम्म पनि नभनि सत्ताको दलाली गर्ने सैलीले नेपाली संचार माध्यमले भ्रामक र गैह्कानुनी समाचार सम्प्रेषण गर्नु दुखःद पक्ष हो । यसले संचार जगतको निक्ष्पक्षता ,विश्वसनियता र मर्यादामा गम्भिर आँच पुग्ने कुरा प्रष्टै छ ।

(४) नेपाल कम्युनिष्ट पार्टी वर्तमान समयमा संवैधानिक दायरा भित्रैवाट आफ्नो संघर्ष अगाडी वढाउन चाहन्छ । यदि सत्तासिनहरु असंवैधानिक एवं गैह्र कानुनी वाटो अवलम्वन गर्दछन भने नेपाल कम्युनिष्ट पार्टी त्यसको प्रतिरोध गर्नसक्षम रहेको कुरा पनि जानकारी गराउन चाहन्छौ ।

उसो त, नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेकपाले पनि बेलाबेलामा नेकपा नामबारे आपत्ती जनाउदैँ आएको छ ।