आर्थिक

मलेसिया, साउदी, कुवेत लगायत देशमा काम गर्ने नेपालीलाई खुसीको खबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार विदेशी मुद्राको मूल्य बढेको छ । रियाल, रिंगिट र दिनार लगायत विदेशी मुद्राको मूल्य बढेको हो । एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९४ पैसा र विक्रिदर २९ रुपैयाँ १० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३२ पैसा र विक्रिदर २७ रुपैयाँ ४७ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०३ पैसा र विक्रिदर १० रुपैयाँ ०९ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ५९ रुपैयाँ २१ पैसा छ भने विक्रिदर ३ सय ६१ रुपैयाँ १९ पैसा रहेको छ ।त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८० पैसा र विक्रिदर २९ रुपैयाँ ९७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५४ पैसा र विक्रिदर २९ रुपैयाँ ७१ पैसा तोकेको छ ।बहराइन दिनार एकको खरिददर २ सय ८७ रुपैयाँ ५० पैसा र विक्रिदर २ सय ८९ रुपैयाँ ०९ पैसा रहेको छ । एजेन्सी