अन्तर्राष्ट्रिय

ट्रम्पले गरे नेपालका लागि नयाँ राजदूतमा र्‍याण्डी लाई मनोनित

काठमाडौँ । नेपालका लागि नयाँ अमेरिकी राजदूतमा र्‍याण्डी डब्लु बेरी नियुक्त भएका छन् । र्‍याण्डीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले मनोनित गरेका हुन् । वर्तमान राजदूत एलिना बी टेप्लिजलाई र्‍याण्डीले केही महिनापछि विस्थापित गर्नेछन् ।

सिनेटले अनुमोदन गरेपछि मात्र डब्लु बेरीले नेपालको राजदूतको रुपमा नियुक्तीको औपचारिकता पाउनेछ ।