विचित्र संसार

श्रीमतीले छाडेर गएपछि पतिले आफ्नो गुप्ताङ्ग काटेर नदीमा बगाए

काठमाडौं । श्रीमतीले छोडेर डाक्टरसँग गएपछि एक वृद्धले आफ्नो गुप्ताङ्ग काटेर नदीमा बगाएका छन् ।

बेलायतबाट प्रकाशित हुने पत्रिका मिररका अनुसार ७३ वर्षीय टुरगुटले पत्नी वियोगमा गुप्ताङ्ग काटेर फालेका हुन् ।

७० वर्षीया पत्नी निसले डाक्टरसँग प्रेमसबन्ध राखेर उनैसँग बस्न गएपछि गुप्ताङ्ग काटेको मिररले उल्लेख गरेको छ ।

टुरगुट टर्कीको ओयमनभन्दा अलिक परको गाउँका स्थानीय बासिन्दा हुन्। उनकी श्रीमती निस केही दिनका लागि इस्तान्बुल गएकी थिइन् ।

त्यसयता उनी एक्लै भएका थिए । उनी आफ्नो पत्नीनको पर्खाइ थिए। पत्नीको आगमसँगै आफ्नो ५०औं एनभरसरी मनाउने तयारी समेत गरेका थिए ।

तर उनकी पत्नी निसले आफूले एक डाक्टरसँग प्रेम गरेको र अब गाउँ नआउने भनेर खबर पठाइन् । त्यसपछि टुरगुट नदीको किनार गएर गुप्ताङ्ग काटेर नदीमा बगाइदिएका हुन् ।

टुरगुटलाई तुरुन्तै अस्पताल पुर्यारइएको थियो। टुरुगुटको स्वास्थ्य ठीक भए पनि उनी अहिले डिप्रेसनको सिकार बनेको डाक्टरहरुले बताएका छन् । -एजेन्सी