समाचार

सुर्यखबर डट् कम् को बार्षिक उत्शव सम्पन्न, सूचनाको हकलाई शसक्त रुपमा उठाउनुपर्ने विज्ञहरुको जोड

काठमाण्डौ । समुन्नत नेपाल पब्लिकेशन प्रा.लि.को प्रकाशन संस्था सुर्यखबर डट् कम् आज तेस्रो बर्ष पुरा गरी चौथो बर्ष प्रबेश गरेको छ । उक्त अवशरमा काठमाण्डौमा एक कार्यक्रमकाबीच बार्षिकोत्शव मनाएको छ ।

कार्यक्रममा सहभागी बिभिन्न ब्यक्तीहरुले पत्रकारिता चुनौती र अवशरकाबीचमा चलिरहेको पेशा भएपनि सुर्यखबर डट् कम् ले यो बीचमा जनताको सुचनाको हकलाई सुनिश्चित गर्न खेलेको भुमिका अविश्मरणीय महत्वपुर्ण रहेको बताएका थिए । उनीहरुले परिवर्तित समयमा यो अनलाईन खबरले जनताका लोकतान्त्रीक अधिकारलाई कायम गर्न चनाखो भएर लाग्नु पर्ने बताउदै शुभकामना ब्यक्त गरेका थिए । यसरी शुभकामना दिनेहरुमा पत्रकार एबं लेखक केदार आचार्य, नेपाल प्रेश युनियनका उपमहासचिव भीष्मराज ओझा, एपी ओन टेलीभिजनका साचार संयोजक जीवन काफ्ले, व्यावशायी कृष्णचन्द्र बस्नेत, समाचार प्रतिनिधि हेमराज जोशी, तुलसा खनाल लगायत थिए ।

प्रा.लि.का अध्यक्ष एवंम सुर्य खवर डट कम् का प्रधान संपादक बाबुराम आचार्यले लोकतन्त्र र जनताको सुचनाको हक सुरक्षित गर्न संस्थाले कुनै पनि सम्झौता नगर्ने बताएका थिए । उनले यसबिचमा संस्थालाई अगाडी बढाउन महत्वपूर्ण भूमिका निर्बाह गर्नुहुने बिज्ञापनदाता, पत्रकार, कर्मचारी तथा शुभचिन्तकहरुलाई धन्यबाद दिए । साथै उनले सदाझैं सस्थालाई अगाडी बढाउन कार्यरत सबैलाई शसक्त रुपमा लाग्न अग्रह गरेका थिए ।

सुर्य खवर डट कमका कार्यकारी संम्पादक हेमराज खड्काले विषम परिस्थितिमा पनि सवै खाले चुनौतीको सामना गदै अगाडी बढेको संस्थालाई अझ परिस्थिति अनुकुल बनाएर अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्दै यसका लागि सबैको सहयोग अपरिहार्य रहेको औल्याएका थिए ।

बार्षिक उत्शबका केही झलक;-