राजनीति

सार्वभौमसत्ताको रक्षा नेपाली काँग्रेसले मात्रै गर्नसक्छ: नेता सिटौला

बनेपा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय अस्तित्वको रक्षा, राष्ट्र, सार्वभौमसत्ताको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन् ।

आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल शिक्षक संघ काभ्रेले संघको २९ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले सरकारको शुरुवाती दिनबाट नै शिक्षक, प्रशासनलगायतलाई तर्साउने काम गरेकाले त्यसले राम्रो नगर्ने उनको भनाइ छ ।

नेपाली काँग्रेस वैचारिक, नीतिगत, रणनीतिगत, छलफल र एकताको आधार तयार गरेर राष्ट्रसामु प्रस्तुत हुन सक्नुपर्ने नेता सिटौलाले बताए ।

नेता सिटौलाले चुनाव जित्नु र हार्नु, सरकार बन्ने र नबन्ने ठूलो कुरा नभएको र मूल्य र मान्यताको रक्षा गर्न सक्नुपर्ने बताउनुभयो । उनले एमाले र माओवादीलाई लोकतान्त्रिक बाटोमा हिँडाउने काम नेपाली काँग्रेसले गरेको दाबी गरे ।