आर्थिक

किङ्गफिसरले भित्र्यायोे ‘गुड टाइम्स्’ नेपालमा

काठमाडौं । एशियाकै ठूलो बियर कम्पनीहरु मध्ये एक युनाइटेड ब्रुअरीजले यति ब्रुअरीसँग सहकार्य गरी उत्कृष्ट ब्राण्ड– किङ्गफिसर प्रिमियम तथा किङ्गफिसर स्ट्रङ्ग, जेठ ४ गतेबाट नेपाली बजारमा ल्याएको छ । युनाइटेड ब्रुअरीज लिमिटेड ग्लोबल बियर लिडर ज्भष्लभपभल ल्।ख्। सँगको संयुुक्त उद्यम हो ।

युनाइटेड ब्रुअरीजले आफ्नो विभिन्न देशहरुमा विस्तार गर्ने योजना अनुरुप नेपाली बियर पारखीहरुको लागि नेपाली बजारमा पनि किङ्गफिसर बियर प्रस्तुत गरेको छ । र साथै विभिन्न क्षेत्रहरुमा विस्तारित गरी बजारको हिस्सालाई समेट्ने छ ।

युवा, समकालीन तथा रमाइलो ब्राण्ड, किङ्गफिसरले निरन्तर आफ्ना उपभोक्ताको साथ रमाइलो तवरले आफूलाई जोड्दै आएको छ । किङ्गफिसर स्ट्रङ्गको उत्पादन गुणस्तरीय माल्टेड बार्लि तथा हप्सको प्रयोगद्वारा गरिन्छ । यसको अद्वितीय स्वाद तथा गुणस्तरीयतका कारण किङ्गफिसर बियरको माग दिनानुदिन बढ्दै गईरहेको छ ।

युनाइटेड ब्रुअरीजका प्रबन्ध निर्देशक श्री शेखर राममुर्तिले “किङ्गफिसर विश्वव्यापी रुपमा स्थापित भारतीय ब्राण्ड हो । किङ्गफिसरले हालै आफ्नो विस्तार योजना अनुरुप नेपालमा यति ब्रुअरीसँग सहकार्य गरी किङ्गफिसर प्रिमियम र किङ्गफिसर स्ट्रङ्गको सुरुवातसँगै आफ्नो उपस्थिति प्रस्तुत गरेको छ । यति ब्रुअरीसँगको सहकार्यले हामीलाई अझ बढी उत्साहित तुल्याएको छ र हामीलाई यो विश्वास छ कि हाम्रो “गुड टाइम्स्” को प्रतीकात्मकतालाई फलदायी बनाउने छ ।” भने ।

त्यसै गरी यति ब्रुअरीका प्रबन्ध निर्देशक सन्जिव सराफले “किङ्गफिसर बियरलाई नेपाली बजारमा प्रस्तुत गर्नु वियर उद्योगका लागि एक महत्वपूर्ण कोशेढुङ्गा रहेको छ । किङ्गफिसर दक्षिण एसियामा नै स्थापित भएको बियर ब्राण्ड हो र यस्तो स्थापित ब्राण्डलाई नेपालमा प्रस्तुत गर्न पाउँदा हामी गौरवान्वित भएका छौं । साथै युनाइटेड ब्रुअरीज लि.सँग साझेंदारी गरी किङ्गफिसर जस्तो स्थापित बियर नेपाली बजारमा प्रस्तुत गरी “गुड टाइम्स्” को अनुभब आगामी दिनहरुमा नेपालमा विशेष रहोस् भनी अझ उत्साहित भएका छौं” भने ।

नेपाल अधिराज्यभरका सम्पूर्ण विक्रीकक्षमा किङ्गफिसर प्रिमियम तथा स्ट्रङ्ग उपलब्ध रहेको छ । किङ्ग फिसर प्रिमियम ६५० एम एल को बोटलमा उपलब्ध रहेको छ र यसको मूल्य रु. २७५ रहेको छ । त्यसै गरी ५०० एम एल को क्यानको मूल्य रु. २१० रहेको छ । किङ्ग फिसर स्ट्रङ्ग ६५० एम एल बोटलको मूल्य रु. २३५ तथा क्यानको मूल्य रु. १८० तोकिएको छ ।