राजनीति

बाबुरामको ठोकुवा एमाले माओवादी एकता टिक्दैन

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईले माओवादी एमालेमा विलय भएको बताएका छन् । शनिबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले माओवादी चलाउन नसकेर प्रचण्डले पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाएका हुन् ।

उनले सत्ता स्वार्थी एकता भएको भन्दै पार्टी एकता दिगो नहुने तर्क गरे । भेटघाट कार्यक्रममा भट्टराईले भने– जसरी बैंक कमजोर भएपछि मर्ज हुन्छ, त्यसैगरी दुई पार्टीबीच मर्ज भएको हो । एकीकृत पार्टी सधैंभरि यही साइजमा रहँदैन ।’

‘यो मर्जरले ५ वर्ष त लैजाला तर त्यसपछि भन्न सकिँदैन,’ उनले भने । प्रचण्डले माओवादी आन्दोलनको सम्पूर्ण इतिहास, त्याग र बलिदान भुलेर सत्ताको स्वार्थमा लागेको आरोप भट्टराईले लगाए ।